Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखराका ११ वडामा मात्रै कांग्रेसले उम्मेदवार टुंग्यायो, २२ वडामा अझै अन्यौल


    सोमबार, बैशाख १२ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेपाली कांग्रसले पोखरा महानगरपालिकाका ११ वटा वडामा मात्र उम्मेदवार टुंग्याएको छ । पोखरामा कुल ३३ वटा वडा रहेकामा २२ वटा वडामा उम्मेदवार टुंग्याउन बाँकी छ । 

    तर, मनोनयन दर्ताको आज अन्तिम दिन हो । कांग्रेसलाई गठबन्धनका कारण उम्मेदवार टुंग्याउन सकस परेको छ ।

    कांग्रेसले पोखरा १ मा सीता गुरुङ, ४ मा देवकृष्ण पराजुली, ८ मा शारदा गिरी, ९ मा दीपेन्द्र मर्सानी, १० मा राजकुमार गुरुङलाई वडाध्यक्षको टिकट दिएको छ ।

    पोखरा ११ मा प्रेम कर्माचार्य, १२ मा सन्तोष बाँस्तोला, १३ मा किरण बराल, १७ मा देवराज आचार्य, १८ मा शिव तिमिल्सिना र २० मा महेन्द्र अधिकारीलाई उम्मेदवार बनाइएको छ । क्षेत्रीय समिति बैठकले उम्मेदवार टुंग्याएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार