Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम,यी क्षेत्रमा वर्षाको सम्भावना


    सोमबार, बैशाख १२ २०७९
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

    मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रहने ठानिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार