काठमार्डाैँ, ४ चैत । कोरोनाको त्राससँगै बढ्दै गएको कालोबजारी रोक्नको लागि सरकारले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गर्न लागिएको हो ।
संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सहुलियतपूर्ण पसल सञ्चालन गरिने जानकारी दिएका हुन् ।
पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुने छ । त्यस्ता सामग्रीहरु बिक्री गर्न घुम्ती पसल पनि सञ्चालनमा ल्याइने मन्त्री भट्टको भनाइ छ ।
मन्त्री भट्टका अनुसार कोरोना संक्रमण रोक्ने उच्चस्तरीय समितिको योजनाअनुसार नै देशभर यस्ता पसलहरु सञ्चालन गर्न लागेको हो ।