Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरा महानगर मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि…


    आइतबार, बैशाख ११ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तर‌ंग फैलिएकाे छ ।

    उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।

    केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।

    एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो । उनकाे सामाजिक सन्जालमा भिडियाेसहित आलाेचना भइरहेकाे छ । यसबारेमा बुझ्न खाेज्दा पाैडेल सम्पर्कमा आएनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार