काठमाडौँ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुँदैछ । स्थानीय तहमा उम्मेदवार बन्न निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ । तनहुँका १० वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
आइतबार बिहान १० देखि ५ बजेसम्म र सोमबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारलाई मनोनय दर्ताको समय तोकिएको छ । मनोनयन दर्ताका सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले बताए । शनिबार सबै स्थानीय तहमा सर्वदलीय बैठक भएको उनले जानकारी दिए । ‘छलफलमा भरसक आलोपालो गरेर आउनु भनेका छौँ । सबै दल र उम्मेदवारलाई मनोनयपत्र बाँडेका छौँ,’ उनले भने ।
पहिलो दिन आज साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउने आँकलन गरेको उनले बताए । ‘ठूला राजनीतिक दलको टिकटको तारतम्य मिलेको देखिदैन । त्यसैले ठूला राजनीतिक दलको हकमा सोमबार हुने देखिन्छ । साना दल र स्वतन्त्र उम्मेदवारले भने आइतबार नै आउछौँ भन्नु भएको छ,’ उनले भने ।
स्थानीय तह निर्वाचनको मनोनयन दर्ता आजदेखि सुरु हुने भए पनि जिल्लामा ठूला दल उम्मेदवार छनोटमै अल्झिएका छन् । उम्मेदवारको टुंगो नहुँदा निर्वाचनको रौनक त्यति छैन ।
सत्ता गठबन्धनमा सहमती जुट्न सकेको छैन । शनिबार बिहान र साँझ दुई पटक सत्ता साझेदार दलका प्रतिनिधिको बैठक बसे पनि सहमति हुन सकेन । गठबन्धन दलबीच आ-आफ्नै अडानका कारण भागबण्डा मिल्न नसकेको बैठकमा सहभागी एक नेताले बताए । ‘सबैको अडान छ । सहमति हुन सकेको छैन् । अन्तिम समयमा मात्र सहमति होलाजस्तो देखिन्छ,’ उनले भने ।
एमालेले आज साँझ मात्रै वडाका उम्मेद्वार सार्वजनिक गर्ने एमाले तनहुँका उपसचिव खिमबहादुर कुमालले बताए । वडाको उम्मेदवार टुंगो लगाउन एमाले जिल्ला कमिटी शनिबार दिनभर बैठक बसेको थियो । ‘सोमबार १२ बजे सबै स्थानीय तहमा एकै साथ मनोनयन दर्ता गराउनेछौँ,’ कुमालले भने ।
जिल्लामा २३ दलले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ र जिल्लामा क्रियाशिल १७ गरी २३ दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । दल दर्ता नभएकाले स्वतन्त्र चिह्नबाट निर्वाचन लड्नुपर्ने हुन्छ ।
सोमबार ५ बजेपछि मनोनय दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुनेछ । १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय हुनेछ । १५ वैशाखमै उम्मेदवारको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । ३० वैशाखमा विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २ लाख ४४ हजार ३४० मतदाता कायम छन् । निर्वाचन आयोगले १ लाख १७ हजार १३४ पुरुष र १ लाख २७ हजार २०६ महिला मतदाता कायम गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend