काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता हुँदै गर्दा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेको गृह जिल्ला पाँचथरको कांग्रेस कार्यालयमा भने तालाबन्दी भएको छ ।
सदरमुकाम फिदिमको शनिवारे क्षेत्रमा रहेको कार्यालयमा कांग्रेसकै कार्यकर्ता अजेन्द्र वाईवा तामाङले तालाबन्दी गरेका हुन् ।
पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा पनि फिदिममै रहेको मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एक्लौटी ढंगले चलाएका कारण असन्तुष्ट भएर तालाबन्दी गरेको बताए ।
पाँचथरमा पार्टी सभापति रुपनारायण जबेगू छन् । उनले आफू निकट पार्टी सचिव दीपक नेपालले सञ्चालन गर्दै आएको होटल मनश्वीमा हरेक कार्यक्रम गर्दै आएका छन् ।
जसका कारण पार्टी कार्यालय सुनसान हुने गरेको र प्रायः पार्टीको कार्यक्रमदेखि हरेक गतिविधि मनश्वी होटलबाटै सञ्चालन हुँदा असन्तुष्ट भएर तालाबन्दी गर्न बाध्य भएको तामाङले स्पष्ट पारे ।
जिल्ला सभापति जबेगू र सचिव नेपाल पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend