पोखरा । नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ । केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन ।
मनाङ र मुस्ताङको सबै पालिकाले उम्मेदवार पाइसकेका छन् । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङलाई टिकट दिएको छ भने लो घेकर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङले उपाध्यक्षको टिकट पाएका छन् । विष्टलाई अध्यक्षमा दोहो¥याउन लागिएको हो भने गुरुङ जिल्ला समन्वय समिति प्रमुखबाट गाउँपालिका उपाध्यक्ष बन्न लागेकी हुन् ।
लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा टसी नुर्वु गुरुङ र उपाध्यक्षमा छिमी विष्ट, थासाङ गाउँपालिकाको अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा तथा घरपझोङ गाउँपालिकाको अध्यक्षमा सन्जयकुमार थकाली र उपाध्यक्षमा मीमकुमारी शेरचनलाई टिकट दिएको छ ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घलेलाई दोहो¥याइएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् । चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिकामा मनबहादुर गुरुङ अध्यक्ष र अर्विन गुरुङ उपाध्यक्षमा उम्मेदवाार बन्ने छन् । यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई टिकट दिएको छ । उपाध्यक्षमा अहिले निर्णय आएको छैन ।
लमजुङको क्होंलासोंथर गाउँपालिकाको अध्यक्षमा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकिय सचिव सूर्यप्रसाद गुरुङले टिकट पाएका छन् । गोखराको अजिरकोट गाउँपालिकाको अध्यक्षमा शेखरनाथ न्यौपाने, चुमनुब्री गाउँपालिका अध्यक्षमा सुकबहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङको टिकट टुंगो लागेको छ ।
स्याङजाको आँधीखोला गाउँपालिकामा अध्यक्ष विश्व पौडेल र उपाध्यक्ष सीता थापा, वालिङ नगरपालिका प्रमुखमा कृष्णबहादुर खाँड र उपप्रमुखमा खगिसरा थापा मगरले टिकट पाए भने हरिनास गाउँपालिका अध्यक्षमा खीमनारायण मानन्धरनै दोहोरिएका छन् ।
तनहुँको आँबूखैरेनी गाउँपालिका अध्यक्षमा ऋषि केसी, कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ दोहोरिने भएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको टिकट भरतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजाले पाएका छन् । रघुगंगा गाउँपालिकाको अध्यक्षमा प्रेमबहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजा, मालिका गाउँपालिकाको अध्यक्षमा बेगप्रसाद गर्वुजा, मंगला गाउँपालिका अध्यक्षमा सतप्रसाद रोकाले टिकट पाए ।
नवलपुरको हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनी पाण्डे तथा मध्यविन्दु नगरपालिकाको प्रमुखमा भीमलाल अधिकारी, पर्वतको पैंयू गाउँपालिकाको अध्यक्षमा महेन्द्र श्रेष्ठ र उपाध्यक्षमा यमकुमारी रानाले टिकट पाए ।
बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवबहादुर नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउछा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लिला राना र उपाध्यक्षमा यमुना शर्माले टिकट पाएका गण्डकी प्रदेश सचिव धनन्जय दवाडीले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend