Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको मेयरमा तीन जना कलाकारको दावी


    शनिबार, बैशाख १० २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन । 

    आइतवार देखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पुर्व मिस नेवा: तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन ।

    राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्‍यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन ।
    मोडेल तथा मिस नेवा: डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफनो दावेदारी प्रस्तुत गर्दैँ आएकी छिन ।

    बरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्‍यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार