Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेसको २ बजे, एमालेको ३ बजे बैठक


    शनिबार, बैशाख १० २०७९
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर/उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक आब्हान गरेका छन । 

    आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले पनि सचिवालय बैठक बोलाएको छ । 
    नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे अपरान्ह बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाईएको छ भने एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको हो ।

    मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाएर निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली देखी उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार