Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा


    शनिबार, बैशाख १० २०७९
    450
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को  शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति जितको लागि २२३ रनको  लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै  २०७ रनमा समेटियो । दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए । रोभम्यान पावेलले ३६ रनको योगदान गरे ।

    राजस्थानका प्रसिद्ध कृष्णले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो ।

    राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित ११६ रन बनाए । यस्तै देवदत्त पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए ।

    दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।

    जितसंगै राजस्थानले सात खेलबाट ५  खेलमा जित  सहित १० अंक बनाउदै शीर्ष स्थानमा छ । दिल्ली ७ खेलमा ३ जित र ४  हारसहित ६ अंक बनाएर छैटौं स्थानमा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार