दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नवाज पढिरहेका ८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेमा लमही नगरपालिका- ५ का ६४ वर्षीय गुठे कुरेसी, सोही बस्नै ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली रहेका छन् ।
घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए ।
घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।