Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि उम्मेदवार बन्न विष्णुपुर गाउँपालिका अध्यक्षले दिए पदबाट राजीनामा 


    शुक्रबार, बैशाख ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले पदबाट राजीनामा दिएका छन् ।

    २०७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसकाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर ३० वैशाखमा हुने चुनावमा फेरि उम्मेदवारी दिने भन्दै यादवले पूर्वसन्ध्यामा राजीनामा दिएका हुन् ।

    निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले कायम रहेको लाभको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान कायम गरेका आधारमा उनले राजीनामा दिएका हुन् । 

    उनले विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी राजीनामा दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले अध्यक्ष यादवले राजीनामा दिएको जानकारी दिए ।

    अध्यक्ष यादवले सरकारी गाडीसमेत फिर्ता गरेका छन् ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार