Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेयरमा सिफारिस नभएपछि पूर्वक्षेत्रीय सभापतिले छाडे कांग्रेस


    बुधबार, बैशाख ७ २०७९
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेपाली कांग्रेस रूपन्देहीका पूर्वक्षेत्रीय सभापति मातृका यादवले साधारण सदस्यसमेत नरहने गरी  पार्टीबाट राजीनामा दिएका छन् ।

    सिद्धार्थ नगरपालिकाको मेयरका आकांक्षी उनले राजीनामा पत्र पार्टी कार्यालयमा आज बुझाएको बताए । 

    कांग्रेसले सिद्धार्थ नगरको मेयरका लागि इस्तियाक अहमदको नाम सिफारिस गरेपछि असन्तुष्ट यादवले राजीनामा दिएका हुन् ।

    ‘पार्टीमा इमान्दारहरूको कुनै काम रहेन,’ उनले भने, ‘यो पार्टीमा बसिरहनु उचित लागेन, राजीनामा दिएँ।’ अन्याय सहेर बस्न हुन्न भनेर आफूले राजीनामा दिए’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार