Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारकाे आरोपमा दुई जना पक्राउ


    बुधबार, बैशाख ७ २०७९
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् । 

    शंखरापुर नगरपालिका–६ स्थित बज्रयोगीनीको मुल जात्रामा मानिसहरुको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । 

    उक्त सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार