Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु, अर्का घाइते


    बुधबार, बैशाख ७ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।

    एकजना घाइते भएका छन्।

    मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए।

    उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

    चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन्।

    उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार