Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसी मिलानलाई पराजित गर्दै इन्टर फाइनलमा


    बुधबार, बैशाख ७ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चिरपरिचितप्रतिद्वन्द्वी एसी मिलानलाई ३-० ले पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

    गत महिना मिलान र इन्टरले सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । 

    सान सिरोमा खेलको चौथो मिनेटमै मार्टिनेजले गरेको गोलमा इन्टरले अग्रता लियो । ४०औँ मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा रोबिन गोसेन्सले इन्टरको अग्रता ३-० मा पुर्‍याएका थिए ।

    मिलानमाथिको जितपछि इन्टर यस सिजन दोस्रो घरेलु उपाधिको संघारमा पुगेको छ ।  इन्टरले यसअघि सुपरकोपा इटालियाको उपाधि जितिसकेको छ ।

    सिरी ‘ए’ मा भने इन्टर ६९ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको मिलानभन्दा दुई अंक कम हो । मिलानको भन्दा इन्टरले एक खेल कम खेलेको छ । 

    इन्टर ११ वर्ष पछि कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । सो फाइनलमा इन्टरले  पालेमोलाई ३(१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार