Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इतिहासलाई फर्केर हेर्दाः अमेरिकी विद्यालयमा  नरसंहारदेखि पहिलो पटक मानिसको अंग प्रतिस्थापन


    बुधबार, बैशाख ७ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज सन् २०२२ को २० अप्रिल । प्रस्तुत छ इतिहासमा आज भएका केही संक्षिप्त घटनाक्रमः 

    कोलोराडोको विद्यालयमा नरसंहार
    सन् १९९९ मा अमेरिकाको कोलोराडोस्थित कोलम्बाइन हाई स्कूलमा गोली चल्दा १५ जनाको मृत्यु भएको थियो । दुई किशोरले विद्यार्थी र शिक्षकमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा थप २४ जना घाइते भएका थिए । 

    कोरियन विमान सोभियत भूमिमा 
    सन् १९७८ मा आजकै दिन सोभियत वायु रक्षाले कोरियन एयरलाइन्सको  एउटा विमान खसालेको थियो । शीतयुद्धको समयमा बोइङ ७०७ को चालक दलका सदस्यले आफ्नो मार्ग पहिचान गर्न नसक्दा सोभियत संघको हवाई क्षेत्रमा पुगेको थियो । सोभियत हमलापछि सो जेट जमेको एउटा तालमा आपतकालीन अवतरण गरेको थियो । उक्त घटनामा दुई यात्रुको मृत्यु भएको थियो ।

    पहिलो पटक मानिसको अंग प्रतिस्थापन
    सन् १९५१ मा पहिलो पटक शल्यक्रिया गरेर मानिसको अंग प्रतिस्थापन गरिएको थियो । रोमानियाली चिकित्सक  डान ग्याभ्रिल्युले अन्न नली बाइपास गर्न पेटको एक भागलाई प्रयोग गरेका थिए ।

    पियरे र म्यारी क्युरीको आविश्कार 
    सन् १९०२ मा फ्रान्सेली जोडी पियरे र म्यारी क्युरीले रेडियोएक्टिभ तत्व रेडियम पत्ता लगाएका थिए । अग्रगामी अनुसन्धानको लागि सन् १९०३ मा उनीहरूले भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार