Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीलंकामा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्युपछि कर्फ्यू


    बुधबार, बैशाख ७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । 

    इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो । 

    मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार