Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा एक सय युनिट रगतको अभाव 


    मंगलबार, चैत्र ४ २०७६
    745
    Shares
  • २ मिनेट पाठ
  • भरतपुर, ४ चैत । चितवनमा रगतको अभाव भएको छ । कोरोनाको त्रासले रक्तदान कम हुँदा चितवनमा रगतको अभाव भएको हो । 

    चीनबाट भाइरलको रुपमा फैलिएको कोरोनाको कारण संघसंस्थाहरुले रक्तदान कार्यक्रम सञ्चालन गर्न  पाएका छैनन् । संघसंस्थाले सञ्चालन गर्ने रक्तदान कार्यक्रम रोकिएसँर्गै जिल्लामा रगतको अभाव भएको सरोकारवाला निकायल बताएको छ । 

    नियमित रक्तदान गर्ने संघसंस्थाले पनि यो समयमा रक्तदान कार्यक्रम आयोजना गरेका छैनन् । गर्मी बढ्दै जाँदा जिल्लामा रगतको समेत अभाव हुने गर्छ । जिल्लामा दैनिक एक सय ५० युनिट रगतको माग छ । तर, अहिले ५० युनिट मात्र संकलन भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताएका छन् । 

    'हाल जिल्लामा एक सय यूनिट रगत कम भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडेलले बताए ।' उनले भने  'अहिले २५ प्रतिशत मात्रै रगतको व्यवस्थापन भएको छ । चितवनमा ११ जिल्लाका मानिसहरू उपचारका लागि आउने भए पनि रक्तदान गर्नुपर्ने भार भने बढी चितवनमा मात्रै परेको छ । अहिले रगतका लागि बिरामीका आफन्तले मान्छे खोजेर ल्याउनुपर्ने वाध्यता आइलागेको छ ।'

     रगतको व्यवस्थापन गर्न स्वयंसेवी रक्तदाता र विभिन्न संघसंस्थालाई आग्रह गरिएको पौडेलले बताएका छन् ।

    मेडिकल सिटीको रुपमा विकास भइरहेको भरतपुरमा बिरामीहरूको अत्याधिक चाप रहेको छ । चितवनमा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर केन्द्रीय अस्पताल र दुई दर्जन भन्दा बढी निजी हस्पिटलहरू रहेका छन् ।' विशेषगरी क्यान्सरका बिरामीलाई बढी रगतको आवश्यक पर्दछ' भने, चितवनमा सवारी दुर्घटना पनि बढी हुने भएकाले रगतको माग बढी भएको हो।'

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार