Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यो हो संसारकै लामो समयसम्म बाँच्ने कुकुर, गिनिज बुकमा लेखायो नाम


    मंगलबार, बैशाख ६ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । २१ वर्षको एक अमेरिकी कुकुरले सबैभन्दा धेरै समयसम्म बाँचेर गिनिज बुकमा नाम लेखाएको छ। 

    चिहुआहुआ प्रजातिको टोबीकीथ नामको उक्त कुकुरले संसारको सबैभन्दा धेरै समयसम्म बाँचेर विश्व कीर्तिमान बनाएको हो। 

    गिसेला शोरले २१ वर्ष अगाडि ल्याएको उक्त कुकुर अरू कुकुर जस्तै भए पनि उत्कृष्ट डाइट र वातावरणमा हुर्किएकाले धेरै समयसम्म बाँचेको हो। 

    गिनीज बुक रेकर्डका अनुसार साधारणतया एउटा कुकुरको आयु १० देखि १३ वर्ष हुने गर्छ। तर टोबीकीथ २१ वर्ष ६६ दिन भए पनि अझै स्वास्थ्य र एक्टिभ छ।

    टोबीकीथलाई पाल्ने गिसेलाका अनुसार उनी आफ्नो कुकुरलाई भात, तरकारी र प्रोटीन दिने गर्छिन्। ‘यो उमेरमा पनि एकदम तन्दुरूस्त छ। सानो र प्यारो ऊ मेरो बडिगार्ड हो, उसले अरू कुकुरसँग खेल्न र बाहिर घुम्न मन पराउँछ’, गिसेलाले भनिन्।

    चिहुआहुआ कुकुरको सबैभन्दा सानो प्रजाति हो। यो प्रजाति मुख्य रूपमा मेक्सिकोमा पाइन्छ। मेक्सिकोकै एक राज्यको नामबाट यसको नाम राखिएको हो। चिहुआहुआ जातिको यो कुकुर आम कुकुरभन्दा धेरै नै सानो भए पनि समझदार हुन्छन्। यसको तौल २.४ किलो देखि ४.१ किलोसम्म हुने गर्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार