ललितपुर । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि विवेकशील साझा पार्टीले ललितपुर महानगरको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
स्राेतका अनुसार ललितपुर मेयरका लागि दिउँसो २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा कार्यक्रम गरेर श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ ।
श्रेष्ठ ०७४ मा ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए ।
यसअघि विवेकशील साझाले काठमाडौंमा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो ।
ललितपुर महानगरमा ०७४ मा साझा पार्टीबाट रमेश महर्जन मेयर उम्मेदवार थिए ।