Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • घरको शुभसाइत गर्दा ढिस्कोले पुरेर ढुंगानाको मृत्यु, एक बालिका घाइते


    सोमबार, बैशाख ५ २०७९
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकस्थित ढिस्कोले पुरिएर गोपाल ढुंगानाको मृत्यु भएको छ । मदन पन्दाकको घडेरीमा घर बनाउन शुभ साइतमा पूजा गर्ने क्रममा माथिबाट झरेको ढिस्कोले ढुंगानालाई पुरेको हो । पुजारीको काम गरिरहेका ढुंगानालाई ढिस्कोले पुरेको हो ।

    पुरिएको ठाँउबाट निकालेर पाँचथर अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । ढिस्कोले पुरिएर एक बालिका समेत घाइते भएकी छन् । शैलेन्द्र पन्दाककी ९ वर्षीया छोरी साहिसा पन्धाक घाइते भएकी हुन् । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

    ढिस्कोमा पुरिएका ढुंगानालाई उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका जवानहरु खटिएका थिए । जेसीभीको प्रयोग गरेर पुरिएका ढुंगानालाई निकालिएको हो । ढिस्कोसहित सोही स्थानका लेखनाथ खतिवडाको घर समेत जोखिममा परेको छ । खतिवडाको ट्वाईलेटको सेफ्टी ट्याङ्की भत्किएको छ । उनको घरको पर्खाल समेत जोखिममा परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार