Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई गठबन्धनको त्रासः कमल थापा, एकनाथ ढकालपछि गोविन्दराज जोशीको शरणमा 


    आइतबार, बैशाख ४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहको निर्वाचनम सत्तारुढ पाँच दलबीच गठबन्धन हुने सहमतिपछि आत्तिएको नेकपा एमालेले कमल थापाको राप्रपा नेपाल, एकनाथ ढकालको परिवार दलसँग तालमेल गरिसकेको छ । आजमात्रै एमालेले भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीसँग तनहुँमा चुनावी तालमेल गरेको छ ।

    हिन्दूराज्यको माग गर्ने कमल थापा र क्रिश्चियन धर्म प्रचारको अभियान संचालन गर्ने एकनाथ ढकालसँग चुनावी तालमेल गर्न पुगेका एमाले अध्यक्ष खड्गप्रसाद ओलीले भ्रष्टाचारको मुद्दा खेपिरहेका जोशीसँग पनि गठबन्धन गर्न पुगेका छन् । सत्तारुढ दलहरुबीचको चुनावी गठबन्धन इमान्दारीपूर्वक लागू भएमा ७५३ स्थानीय तहमा १ सय पनि जित्न नसकिने भयले ओली आकुलब्याकुल छन् । त्यही आकुल ब्याकुलताकै परिणाम उनी कमल थापादेखि गोविन्द जोशीसँग तालमेल गर्न पुगेका छन् ।

    वाम तालमेल भए देशका ५ सय पालिकामा जित्न सहज हुने भए पनि ओलीकै कारण त्यो हुन असंभव भएको हो । वाम तालमेलका लागि ओली नै बाधक देखिएको महसुस एमालेका अरु नेताले गरे पनि बोल्न कोही सक्ने अवस्थामा छैनन् । ओलीले मधेशका दलबदलुहरुलाई ल्याउँदै मेयर र अध्यक्षको टिकट दिंदा पनि जित्ने अवस्था नभएपछि उनी कमल थापा, एकनाथ, गोविन्दराजको शरणमा पुगेका छन् । उनी सीके राउतको जनमत पार्टी र बिप्लवको एक तप्कासँग पनि गठबन्धन गर्न प्रयासरत छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)सँग एमालेले तालमेलका लागि हात अगाडि बढाए पनि उसले हरियो झन्डा नदेखाएकाले ओली पंचायतकालका बदनाम, क्रिश्चियन धर्म प्रचारक र भ्रष्टाचारका नाइकेसँग गठबन्धन गर्नपुगेका छन् । ओलीको दम्भ र संविधानमाथि नै धावा बोलेका कारण मुलुकका सबै लोकतान्त्रिक शक्ति उनको बिरुद्ध एकत्रित भएका छन् । जसका कारण ओलीलाई निर्वाचनमा शर्मनाक पराजय हुने त्रास छ ।

    ओलीले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपालाई दमक नगरपालिकाको मेयर नै दिएर भए पनि तालमेलको लागि अनुनय बिनय गरिरहेका छन् ।  दमक नगरपालिकामा राप्रपाका राम थापाले मेयरमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनलाई नै मेयरमा समर्थन गर्ने तहसम्म ओली पुगिसकेका छन् ।  

    गोविन्दराजको शरणमा ओली

    तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल हुने भएको छ । एमाले र जोशी समूहबीच भएको प्रारम्भिक छलफलले तालमेल गरेर जाने सहमति भएको हो । तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन भएको छ । दुवै पक्षबाट चार(चार जना सदस्य रहने गरेर समिति गठन भएको हो ।

    शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए ।  कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको जोशीपुत्र दीपराज जोशीले बताएका छन् । जोशीपुत्र दीपकलाई ब्यास नगरपालिकाबाट मेयरको उम्मेदवारमा एमालेले समर्थन गर्ने र अरु पालिकामा जोशीले एमालेलाई सहयोग गर्नेगरी तालमेल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार