रौतहट ४ चैत । रौतहटमा देवरले आफनै भाउजूको हत्या प्रयास गरेको खुलासा भएको छ। अनैतिक सम्बन्धका कारण देवरले भाउजुको हत्या
प्रयास गरेको हो । जिल्लाको साबिक जेठरहिया गाविस ९ हाल यमुनामाई गापा १ बस्ने धनै सहनीको छोरा राजुकुमार सहनीले आफनै भाउजुको हत्याको प्रयास गरेका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलनको आयोजना गरि उक्त रहस्यको खुलासा गरेको हो ।
पत्रकार सम्मेलनमा सोही अभियोगमा पक्राउ परेका अभियुक्त राजुकुमार सहनिलाई प्रहरीले सार्वजनिक गरेको छ । सहनीले वैदेशिक रोजगारीमा रहेका दाईको श्रीमती पुनमकुमारी सहनीमाथि धारिलो हतियार ९खुकुरी० प्रहार गरि हत्याको प्रयास गरेको डिएसपी ज्ञानकुमार महतोले बताएका छन् । हाल घाइते पुनमको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भैरहेको छ । घाइते पुनमको टाउकोको अप्रेशन गर्नुपर्ने डाक्टरले जानकारी दिनुभएको डिएसपी महतोले जानकारी दिए । आरोपी राजु सहनीउपर ज्यानमार्ने उद्योगमा मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट म्याद थपगरी अनुसन्धान भैरहेको डिएसपी महतोले बताए ।