Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वी रुकुममा भेटियो ओडारमा लुकाएर राखेको राईफल


    शनिबार, बैशाख ३ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वी रुकुमको पूथा उत्तरगंगा गाउँपालिकामा ओडारमा लुकाएर राखेको राईफल र म्याग्जिन फेला फरेको छ।

    अपरेशन महाहन्ट–८ अन्तर्गत देवीबक्स गुल्मबाट खटिएको सुरक्षा फौज र आरक्ष कार्यालयका कर्मचारीको संयुक्त टोलीले हतियार फेला पारेको नेपाली सेनाले जनाएको छ। बाग्लुङ र पूर्वी रुकुमको सिमानामा पर्ने घुस्तुङ्ग खोला झोलुङ्गे पुलमुनि ओडारमा बोरा बेरेर लुकाइएको अवस्थामा हतियार भेटिएको हो।

    गस्ती टोलीले भेटेको  ७.६२ मिमि एसएलआर राईफल, त्यसमा लाग्ने म्याग्जिन र ३०३ राईफलको अगाडिको भाग आरक्ष कार्यालयमा बुझाएको सेनाले जनाएको छ।

    हतियार माओवादीले द्वन्द्वका वेला लुकाएर राखेको हुन सक्ने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार