Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरियन एयरको छ उडान कटौती


    मंगलबार, चैत्र ४ २०७६
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ४ चैत । साताको चार उडान गर्दै आएको कोरियन एयर अब साताको एक उडान मात्र गर्ने भएको छ । सोमबारदेखि लागू हुने गरी मार्च महिनाभर कोरियन एयरले उडान कटौती गरेको हो । 
    कोरोना भाइरसका कारण कम्पनीले सोमबार हुने उडान बाहेक कूल ६ वटा उडान रद्द भएका हुन् ।

    नेपाल सरकारले ल्याएको नीतिलाई सहयोग गर्न र अन्यन्तै कम बुकिङ रेटका कारण उडान रद्द गर्नु परेको कम्पनीले उल्लेख गरेको छ ।

    यसबीचमा टिकट काटिसकेका यात्रुले बीना कुनै जरिवाना टिकट रद्द वा उडान मिति सार्न सक्ने भएका छन् । सातामा एक उडान भने नेपाली यात्रुको सुविधाका लागि निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

    कम्पनीले सोमबार, मंगलबार, शुक्रबार र शनिबार उडान गरिरहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार