Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थाहा पाउनुहोस् आज र भोलिको मौसम


    शुक्रबार, बैशाख २ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली छ ।

    दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    शनिबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार