काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको काठमाडौंमा भएको साधामरण सभाले स्वाँरलाई निर्विरोध चयन गरेकाे हाे ।
७६ सदस्यीय कार्यसमिति चयन गरेकाे महासंघलेले वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसीलाई चयन गरेकाे छ ।
तीन वर्षको लागि चयन भएकाे नयाँ कार्यसमितिकाे महासचिवमा डेकनाथ गौतम चुनिएका छन् ।