Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    बुधबार, चैत्र ३० २०७८
    530
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ नौ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ६ पैसा र बिक्री दर १५८ रुपैयाँ ८४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७८ पैसा छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ एक  पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४८  पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ  ६८ पैसा र बिक्री दर नाै रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ आठ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २९ पैसा र बिक्री दर ३३ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ८७ पैसा र बिक्री दर नाै रुपैयाँ  ९२ पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार