Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठाडोभाका खुला प्रतियोगितामा देउकुमारी र अमरध्वजको टोली प्रथम


    बुधबार, चैत्र ३० २०७८
    420
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ।लमजुङमा चैतेदसै‌ंकाे अवसरमा ठाडोभाका खुला प्रतियोगिता आयाेजना भएकाे छ । राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा दूधपोखरी गाउँपालिका-४ की देउकुमारी गुरुङ महिला टोली र मध्यनेपाल नगरपालिका-१० थान्सिङका ६७ वर्षीय अमरध्वज गुरुङको पुरुष टोलीले प्रथम पुरस्कार पाएकाे छ ।

    अमरध्वज गुरुङ ठाडोभाकाको पहिलो एल्बमनिकाल्ने व्यक्ति हुन् । लामो समय भारतीय सेनामा कार्यरत रहेका उनीनिवृत्त जीवनपछि फेरि लोकसंस्कृतिको उत्थानमा सक्रिय भएका छन् ।

    प्रतियोगितामा लमजुङकै राइनास नगरपालिका-१० प्यारजुङका किसबहादुर गुरुङको पुरुष टोली र दूधपोखरी गाउँपालिका-४ को भुन्टीमाया तामाङको टोली दोस्रो भएको निर्णायक समितिका संयोजक एवं ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य सीता दुराले बताए । उनका अनुसार दोर्दी गाउँपालिकाकी ६८ वर्षीया जालुमाया गुरुङ र सुन्दरबजार नगरपालिका-८ भेटेओडारका धनबहादुर गुरुङको टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

    प्रतियोगितामा दूधपोखरी गाउँपालिका-३ सानोकाभ्रेका हरिबहादुर गुरुङको पुरुष टिम र सुन्दरबजार नगरपालिका-९ पैरेकी मीनाकुमारी गुरुङको महिला टोलीले सान्त्वना स्थान हासिल गर्न सफल भइन् । दुई दिनसम्म चलेको प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार