Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्युयोर्कमा गोली चल्यो, १० जना घाइते


    बुधबार, चैत्र ३० २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क। न्युयोर्कको  ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । गोली लागेकामध्ये पाँच जनाको अवस्था गम्भीर छ ।  ब्रुकलिनको सबवे रेलभित्र आक्रमण गर्नुअघि ग्यास मास्क लगाएका आक्रमणकारीले धुवाँको क्यानिस्ट फालेर यात्रुहरूलाई आतंकित बनाएका थिए । 

    ‘बन्दुकधारीहरूले दुई ओटा क्यानिस्टर खोलेपछि पछि सबवेमा धुवा फैलिएको थियो । रेल ३६औं स्ट्रीट स्टेसनमा तानिएपछि आक्रमणकारीले धेरै यात्रुहरूलाई गोली हाने’, न्युयोर्क शहर प्रहरी आयुक्त किचान्त सेवेलले भने ।

    नियोन सुन्तला रंगको भेस्ट र खैरो रंगको स्वेटर लगाएका आक्रमणकारीले हाते बन्दुक प्रयोग गरेको प्रहरीले बताएको छ । आक्रमण लगत्तै उनी फरार छन । संदिग्ध ६२ वर्षीय एक पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार