काठमाडौं । देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव सामान्य रुपमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहेको छ ।
आज पहाडी भू–भागहरुका केही र तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाको जनाएको छ ।प्रदेश नं- १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
प्रदेश नं- १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य ठाउँको मौसम राति सामान्यता सफा रहने जनाएको छ । त्यस्तै, प्रदेश नं- १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुका एक–दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।