Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रवासी नेपाली एकता मंच युएई पुनर्गठन, अध्यक्षमा देवकोटा


    मंगलबार, चैत्र २९ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दुबई । नेकपा (एकीकृत समाजवादी) प्रवास संगठन, प्रवासी नेपाली एकता मंच संयुक्त अरब इमिरेट्स (युएई)को  पुनर्गठन भएको छ ।

    आइतबार भर्चुअल बैठकबाट एकता मंच पुनर्गठन भएको हो । पुनर्गठन कार्यक्रमका प्रमुख अतिथि नेकपा समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साह र अध्यक्षता राजु गुरुङले गरेका थिए । कार्यक्रमका बिशेष अतिथि प्रवासी नेपाली एकता मंच कतारका अध्यक्ष रामहरी गैरे उपस्थित कार्यक्रमको संचालन बिपिन सापकोटाले गरेका थिए । 

    उक्त भेलाले बिपिन सापकोटाको अध्यक्षतामा ५ पदाधिकारीसहित १७ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बाबुराम थापा, सचिवमा कृस सुनार, सहसचिवमा नरेश क्षेत्री, आर्थिक बिभाग प्रमुख नारायण के भट्टराई चयन भएका छन् । 

    सदस्यहरुमा भुवनराज ढकाल, दुर्गा भण्डारी(इन्चार्ज शरजाहाँ), प्रवीण गुरुङ, यादकुमार श्रेष्ठ, बिमल घतामी, बिष्णु श्रेष्ठ, दिपक पोखरेल, कुमार सुबेदी, रमेश बास्तोला, राजन घिमिरे, लक्ष्मी केसी अर्याल, यज्ञ भण्डारी, रामप्रसाद ढुंगेल, रेशम अधिकारी, बाबुजी क्षेत्री, निमेश गोबिन्द शंकर र प्रदिप खनाल छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार