Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज चैत २९ गते मंगलवारको राशिफल


    मंगलबार, चैत्र २९ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। आज  चैत मंगलवार २०७८ । तद्नुसार  अप्रिल महिनाको १२ तारिक ।यस्तो छ  आजको भाग्यफल 

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सफल यात्राको योग छ, तर स्वास्थ्य प्रति भने सजगता अपनाउनु पर्नेछ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

    आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : 

    ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : 

    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : 

    आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : 

    रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  

    महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : 

    आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : 

    लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : 

    नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : 

    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : 

    आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार