Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु


    सोमबार, चैत्र २८ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमकोट ।हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।

    खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।

    आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लागएका छन् । सोमबार सिमकोट गाउँपालिका- ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।

    नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप लगाउन सुरु गरिएको हो ।

    आज सञ्चालन भएको खोप अभियानलाई स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख सिंहले प्रेमबहादुर सिंहले अनुगमन गरेका थिए ।सुरेस परियार/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार