Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापान जान लागेकी युवती त्रिभूवन विमानस्थलमा गोलीसहित पक्राउ


    सोमबार, चैत्र २८ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् ।

    अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाका अनुसार पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली रहेकी छन्।

    नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट चेकजाँचका क्रममा गोली बरामद भएको हो ।

    ‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार