Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा ग्याँसको अभाव


    मंगलबार, चैत्र ४ २०७६
    770
    Shares
  • २ मिनेट पाठ
  • पोखरा, पोखराका बजारमा ग्यासको अभाव भएको छ । चीनबाट फैलिएको कोरोनाको त्रास बढेँसँगै पोखरामा ग्याँसको अभाव भएको हो । पोखराका विभिन्न बजारहरुमा ग्याँसको लागि चाहार्दा पनि ग्यास नपाएको स्थानीयको गुनासो रहेको छ । 

     पोखरामा बस्ने शर्मिला गुरुङले ग्याँसको लागि विहान देखि वेलुकासम्म विभिन्न पसलमा गएता पनि ग्याँस नपाएको बताएका छन् । तर उता सरोकारवाला निकाय भने डिपोहरुमा प्रर्याप्त ग्याँस भएको तर कालोबजारीको लागि कृत्रिम अभाव सृजना गरेको दावी गरेका छन्  

    ग्याँस व्यवसायी समितिका अध्यक्ष बालकृष्ण कोइरालाले भने,  'पोखरामा ग्यासको अभाव हुने कुनै अवस्था छैन । पहिले भूकम्पको बेलामा किनेका ग्यास सिलिण्डहरु अहिले धमाधम आईपुगेका छन् । एउटै व्यक्तिले पाँचवटा सम्म ग्यास किनेका छन् । त्यही कारण बजारमा ग्यास अभाव भएजस्तो देखिएको छ ।’

    उनले कोरोना भाइरसको कारणले भन्दा पनि उपभोक्ताको कारणले बजारमा ग्याँसको अभाव भएको बताउँदै भने,  ‘साधारण अवस्थामा हामीलाई जति ग्यास चाहिने हो, त्यति आईरहेको छ ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार