Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्को लकडाउन नहोला भन्न सकिन्नःबेलायती प्रधानमन्त्री 


    आइतबार, चैत्र २७ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् । जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे  । तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए । 

    शुक्रबार एक अन्तर्वार्तामा  उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु । म कुनै कुरालाई इन्कार गर्न सक्दिन । म केही नहोला भन्न सक्दिन । ’ बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ । तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार