Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा.शशांकको निर्वाचन खर्च  पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड


    शनिबार, चैत्र २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ । 

    नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताए । ‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो ।

    दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भने । 

    उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार