Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मेलौली नगरपालिकाका टोलहरुमा बिद्युत विस्तार हुदैँ


    शनिबार, चैत्र २६ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीको मेलौली नगरपालिकाका गाउँटोलहरुमा विद्युतसेवा सुचारु हुन थालेको छ । यसअघि सलेना बजार  आसपासका क्षेत्रमा मात्रै विद्युत सुचारु भएकोमा शुक्रबार लिखोडामा समेत टान्सफर्मर राखिएसंगै गाउँटोलहरुमा विद्युत सेवा सुचारु भएको हो । 

    गाउँमा विद्युत सुचारु भएसँगै अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयबासी मान बहादुर चन्दले बताए । विद्युत पुगेकाले बत्ती बाल्नुका साथै मोबाईल चार्ज गर्न, टिभि तथा कम्युटर चलाउन सहज हुने उनले बताए । 

    गाउँमा विद्युत विस्तार भएसंगै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानियबासीले फुलमालाले सम्मान गरेका छन् । 

    मेलौली केही टोलहरुमा विद्युत विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताए । सलेनाका सबैभन्दा बढी बस्ती रहेका गाउँहरु लोर्खा र भोरामा ५सय मिटर तार अभावका कारण विद्युत सेवा सुचारु हुन सकेको छैन् । 

    पोल गाडिएका उक्त टोलहरुका लागि पटक पटक तारको माग गरे पनि नपाएको मेलौली २ का वडाअध्यक्ष महेन्द्र चन्दले बताए । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार