Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसमाथि थप प्रतिबन्ध लगाइयोस्ः जेलेन्स्की


    शनिबार, चैत्र २६ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप हतियार र कडा प्रतिबन्धहरू लगाउन आह्वान गरेका छन् । 

    पूर्वी युक्रेनमा रुसी आक्रमणको त्रासले भागेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले भरिएको रेल स्टेसनमा हमला हुँदा कम्तिमा ५२ जनाको मृत्यु भइरहेका बेला जेलेन्स्कीको आह्वान आएको हो । 

     पूर्वी क्षेत्रको क्रामाटोर्स्कमा भएको सो हमलालाई राष्ट्रपति जेलेन्स्कीले नियोजित रुपमा भएको बताएका छन् । हमला भएका समयमा करिब ४ हजार मानिस भेला भएको सहरका मेयरले अनुमान गरेका छन् । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार