Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँपालिका अध्यक्षमा उठदै युवा संघका सुदूरपश्चिम अध्यक्ष


    शनिबार, चैत्र २६ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । नेकपा (एमाले) निकट युवा संघ नेपाल सुदूरपश्चिम अध्यक्ष सन्तोशप्रकाश जोशीले बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि उमेदवारी घोषणा गरेका छन् । 

    युवा संघका केन्द्रीय सचिव तथा मदन भण्डारी फाउण्डेशन बैतडीका सचिवसमेत रहेका जोशीले पालिका अध्यक्षमा उमेदवारी दिने बताएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र चुनाव लड्ने बताएका छन् ।

    जोशीले भने, ‘बिहीबार गाउँपालिका संगठन कमिटीको बैठक बस्यो, मैले मेरो नाम अध्यक्षको उमेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरिदिन पटक-पटक आग्रह गरेँ । तर पार्टी जिल्ला अध्यक्षले रोक्न लगाए । मबाहेक तीनको नाम सिफारिस गरिएको कुरा सुन्नमा आएको छ । पार्टीभित्र न्याय नपाएपछि मैले स्वतन्त्र उमेदवारी घोषणा गरेको हुँ ।’ 

    डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि एमालेले तीन जनाको नाम सिफारिस गरेको छ । जसमा वर्तमान गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा, वर्तमान वडा नम्बर का अध्यक्ष अक्कलबहादुर राना र शिक्षक संगठन आवद्ध प्रेमराज भट्ट रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार