Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार शैक्षिक संस्था बन्द गर्न निर्देशन दिने, प्राइभेट स्कुलहरु भर्नाका लागि आह्वान गर्ने


    मंगलबार, चैत्र ४ २०७६
    1.2K
    Shares
  • ४ मिनेट पाठ
  • बासुदेव पौडेल

    काठमाडौं, ४ चैत । कोरोना (कोभिड–१९) भाइसरको संक्रमण आउनसक्ने जनाउँदै सरकारले यही चैत ६ गतेदेखि करिब एक महिनासम्म विद्यालय बन्द गर्ने तयारी गरिरहेको बेला केही ठूला विद्यालयले भर्ना खुलेको सूचना निकालेका छन् । 

    शिक्षा मन्त्रालयले मंगलबार(आज) दिउँसो बोलाएको बैठकमा चैत ५ गतेपछि करिब एक महिना बिदा दिने निर्णय गरिरहेको अवस्थामा अधिकांश ठूला विद्यालयले धमाधम भर्ना खोलेको सूचना दिन थालेका छन् । राजधानीका प्रिमियर, युलेन्स, जेम्स, पाठशाला, नोबल, काब्य, एपेक्स लाइफ, मोदी पब्लिक, काठमाडौं वोल्ड, केएमसी, मल्पी, लिट्टलएन्जल्स, नाइटिङगेल, एलआरआइ, ह्वाइट हाउस, रोजबर्ड लगायत दुई दर्जन बढी विद्यालयले भर्ना खुलेको सूचना जारी गरेका छन् । 

    \"\"

     सरकारले पाँच गतेसम्म परीक्षा सम्पन्न गरेर करिब एक महिना विद्यालय बन्द गर्न दिएको सूचनालाई बेवास्ता गर्दै निजी विद्यालयका सञ्चालकले धमाधम भर्नाको सूचना जारी गरेका हुन् । प्याब्सनका अध्यक्ष टीका पुरीले ५ गतेपछि करिब एक महिना विद्यालय बन्द गर्न सरकारलाई सुझाएका छन् । एन प्याब्सनले त  एसइई परीक्षा पछि सारेर करिब एक महिना बिद्यालय बन्द गर्न पटक पटक आग्रह गरिसकेको छ ।

     तर प्याब्सन र एनप्याब्सनसँग आवद्ध विद्यालय संचालकले विद्यालयमा भीडभाड बढ्नेगरी भर्नाको सूचना जारी गरेका छन् । अधिकांश विद्यालयले ८ गतेदेखि १५ गतेसम्म प्रवेश परीक्षा तय गरेका छन् । 
    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको अवस्थामा सबैको सरोकार भएका विद्यालयलाई बन्द गर्नुको साटो  खोल्न प्रोत्साहन दिएको बुझिएको छ । आज बस्ने बैठकले परीक्षा सके लगत्तै विद्यालय बन्द गर्न निर्देशन दिन सक्छ । तर भर्ना आह्वान गरिसकेका विद्यालयले के गर्छन् ? भन्ने विषयमा सरकारले थप निर्णय गर्न सक्छ । 

      देशकै महंगो विद्यालयको रुपमा चिनिएका अधिकांश विद्यालयले कोरोना संक्रमणबाट जोगिने उपायका बारेमा जनचेतनकाका कार्यक्रम सञ्चालन गर्न छाडेर विद्यालयमा भीडभाड हुनेगरी भर्ना खुलाएका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले परीक्षा लगत्तै केही दिन  विद्यालय बन्द गर्न उपयुक्त हुने र सरकारले सोही निर्णग गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
     अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले परीक्षा भन्दा पनि मानिसको स्वाथ्यको बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्थामा भर्ना खोल्नु गलत भएको बताउनुयभो । तर विद्यार्थीसँग हजारौ रुपैयाँ शुल्क लिएर भर्ना गर्न पल्केका विद्यालयले मानवीय जीवनलाई बेवास्ता गर्दै धमाधम कमाउ धन्दातिर लागेका छन् र अहिले भर्ना सूचना जारी गरेका विद्यालयहरु उच्च कोटी र सरकारको निर्देशनलाई अटेर गर्ने शिक्षण संस्थाको रुपामा परिचय कमाइसकेका छन् । अनवश्यक भर्ना खुलाउँदा कस्ले नियन्त्रण गर्ने भन्ने विषय समेत बेवास्ता भैरहेको छ । शिक्षा ऐनले चैत दोस्रो साता सूचना जारी गरी भर्ना खोल्नुपर्ने उल्लेख छ । स्थानीय तहको जिम्मामा शिक्षा परेपछि ती निकायले नियमन गर्न नसक्दा समस्या बढेको हो । 

    सरकारी निर्देशन अवज्ञा गर्दै भर्नाको सूचना निकाल्ने विद्यालयमा प्याब्सनका पूर्वअध्यक्ष राजेश खड्काको जेम्स स्कुल, एन प्याब्सनकी पूर्व अध्यक्ष गीता राणाको ग्यालेक्सी स्कुल, नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीको नाइटिंगेल स्कुल, अनिल केडियाको डीएभी केडिया स्कुल, चौधरी ग्रुपको काठमाडौं वल्र्ड स्कुल, प्यारागन स्कुल, एपेक्स स्कुल, नोबेल एकेडेमी, हिमालयन ह्वाइटहाउस वल्र्ड स्कुल, केएमसी स्कुल, मल्पी इन्टरनेशनल स्कुल छन् । यी सबै स्कुल शैक्षिक क्षेत्रका अगुवाहरुकै हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार