Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टाइफाइडविरुद्धको खोप सुरक्षित छ, ढुक्क भएर बालबालिकालाई लगाउनुहोला: मन्त्री खतिवडा


    शनिबार, चैत्र २६ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाल टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । 

    मनहरी गाउँपालिका-५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्नेब बताए ।

    टाइफाइडविरुद्धको खोप पूर्ण रुपमा सुरक्षित र राम्रो भएको बताउँदै मन्त्री खतिवडाले ढुक्क भएर आफ्ना बालबालिकालाई सहभागी गराउन र प्रभावकारी ढंगले सञ्चालन गर्न अनुरोध गरेका छन् । यो खोप अभियान देशैभर १८ वैशाखसम्म सञ्चालन हुनेछ ।

    देशभर १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप प्रदान गरिने उनले बताए । देशैभर करिब ५० हजार बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष जनशक्ति र स्वयम्सेवकको व्यवस्थापन गरिएको उनले जानकारी दिए । यस खोप अभियानमा मकवानपुरका १ लाख ९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार