तनहुँ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न विभिन्न दलका नेताहरूकाे जिल्लामा होडबाजी देखिएकाे छ । आवश्यक संख्याभन्दा १५ गुणा बढीसम्मले उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् ।
स्थानीय तहको प्रमुखको कुरा छाडौँ यसपालि वडा सदस्य बन्नेको पनि लर्को छ । वडा सदस्य, वडाध्यक्ष, स्थानीय तहका प्रमुख र उपप्रमुख बन्नलाई एक प्रकारको होडबाजी चलेको छ । टिकट पाए ठिकै छ नभए अर्कोपटकलाई दावा गर्नलाई पनि सहज हुन्छ भनेर धेरैले आकंक्षा देखाइरहेका छन् ।
विशेषत: नेपाली कांग्रेसले उम्मेद्वार हुन चाहनेको आवेदन लिएर नामावली माथिल्लो कार्यसमितिमा पठाउँदैछ । अन्य दलकोको तुलनामा कांग्रेसमा आकांक्षी पनि धेरै देखिन्छन् । जिल्लाको व्यास नगरपालिका-११ मा मात्रै कांग्रेसबाट १७ जना वडाध्यक्षका आकांक्षी छन् । चारजना वडा सदस्यका लागि पनि आकांक्षीको सूची लामै छ । २६ जनाले वडा सदस्य बन्नलाई आकांक्षा देखिएका छन् ।
स्थानीय तहको प्रमुख बन्नलाई कांग्रेसमा सयौँको रस्साकस्सी छ । संविधानसभा सदस्यदेखि पत्रकारसम्म कांग्रेसमा स्थानीय तहको प्रमुख बन्न दाबी गरिरहेका छन् । जिल्लाका १० स्थानीय तहमा प्रमुख बन्न १०८ जनाले इच्छा देखाएका छन् । उपप्रमुख बन्ने आकांक्षी प्रमुखको तुलनामा आधा कम ५३ जना छन् ।
व्यास नगरपालिकाको मेयरमा कांग्रेसमा १५ जनाले आकांक्षा देखाएका छन् । उपमेयरमा सातजना आकांक्षी छन् । भानुमा पनि मेयर बन्न उस्तै लर्को छ आकांक्षीको । १५ जनाले मेयरमा दाबी गरेका छन् । उपमेयरमा ६ जनाले आवेदन दिएका छन् । शुक्लागण्डकीको मेयरमा १० र उपमेयरमा आठजना आकांक्षी छन् । भिमादको मेयर बन्न ६ र उपमेयरमा आठजनाको दाबी परेको छ ।
बन्दीपुर गाउँपालिकामा अध्यक्ष बन्ने आकांक्षी १४ जना छन् । उपाध्यक्षमा पाँचजनाको दाबी छ । ऋषिङको अध्यक्ष बन्न १३ र उपाध्यक्षमा पाँचजनाले दाबी प्रस्तुत गरिरहेका छन् । घिरिङमा अध्यक्षका लागि आठ र उपाध्यक्षमा दुईजनाको दाबेदारी परेको छ ।
देवघाटमा अध्यक्ष बन्न नाै र उपाध्यक्षमा पाँचजना कांग्रेसीले आकांक्षा व्यक्त गरेका छन् । आँबुखैरेनीको अध्यक्षमा ११ जनाले आवदेन दिएका छन् । उपाध्यक्षमा चारजनाले आकांक्षा व्यक्त गरेका छन्। म्याग्देको अध्यक्षमा सात र उपाध्यक्षमा चारजनाको दाबी छ ।
आकांक्षीको संख्या घटाउन वडा र स्थानीय तहमा छलफल भइरहेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए । ‘जतिसक्दो थोरै आकांक्षीको नाम पठाउन भनेका छौ’, उनले भने । नेताहरू महत्वाकांक्षी बन्न खोज्दा आकांक्षी धेरै भएको उनी बताउँछन् । भन्छन्, ‘अलिक बढी महत्व दिएर आकांक्षा व्यक्त गर्नुभएका साथीहरू हुनुहुन्छ । कतिपय पुराना साथीहरू हुनुहुन्छ, उहाँहरूले दाबी गर्नु स्वाभाविक छ । कतिपय साथीहरूले अर्को उम्मेद्वारलाई समर्थन गर्नलाई दाबेदारी प्रस्तुत गरिरहनुभएको हो ।’
कांग्रेसमा वडाको टिकटको छिनोफानो प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले बनाएको संसदीय समितिले गर्नेछ । गाउँपालिकाको जिल्ला कार्यसमितिको संसदीय समितिले टुंगो लगाउनेछ भने नगरपालिकाको जिल्ला कार्यसमितिले गण्डकी प्रदेश समितिमा सिफारिस गर्नेछ । आकांक्षीको सूची लामो भएकाले उम्मेद्वारको छिनोफानो लगाउन कांग्रेसलाई निकै सकस हुने देखिन्छ ।
एमालेले पनि वडाका उम्मेद्वारको आकांक्षा बुझेर सूची तयार पार्दैछ । ‘सकभर सर्वसम्मत टुंग्याउने नीति लिएका छौँ । नभए वडाबाट तीनजनाको नाम सिफारिस हुनेछ’, एमाले जिल्ला कमिटी उपसचिव खिमबहादुर कुमालले भने ।
केही स्थानीय तहको प्रमुख उपप्रमुखमा एमालेमा पनि आकांक्षी सूची लामै पाइन्छ । घिरिङको अध्यक्षमा पाँचजना आकांक्षी छन् । भानु नगरपालिकाको मेयर पदमा एमालेको नगर कमिटीको बैठकमा सात र चारजनाले उपमेयरमा आकांक्षा व्यक्त गरेका छन् ।
माओवादी केन्द्रले भने केही वडामा मात्र उम्मेद्वारको टुंगो लगाएको छ । म्याग्दे गाउँपालिकाको सातवटै वडामा सर्वसम्मत उम्मेद्वारको टुंगो लगाएको हो । व्यास नगरपालिकाका केही वडामा पनि उम्मेद्वारको टुंगो लागेको माओवादी केन्द्रले जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend