Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नीति तथा कार्यक्रम पुस्तिकाको छपाइमा आर्थिक अनियमितताको आशंका


    शुक्रबार, चैत्र २५ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । दैलेख नारायण नगरपालिकाको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा बजेट कार्यक्रम पुस्तिकाको छपाईमा आर्थिक अनियमितताको आशंका गरिएको छ । एउटै किताब छपाईको मूल्य एक हजार तीन सय ४५ रुपैयाँ राखिएपछि अनियमितताको आशंका गरिएको हो । 

    नगरपालिकाले मागेको कोटेशनमा सबैभन्दा कम मूल्य प्रतिकिताब एक हजार तीनसय ४५ रुपैयाँ कवोल भएको भन्दै एक छापाखानालाई दुई सय ३० वटा किताब छाप्न दिएको छ ।

    किताब छाप्नका लागि प्रतिकिताब एक हजार तीन सय ४५ का दरले तीन लाख नौ हजार तीन सय पचास रुपैयाँ भुक्तानी गरेको पाइएको हो ।

    यो विषयमा परेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा विचाराधीन अवस्थामा छ । 

    277926569_969010670483204_986355925585591550_n-e1649391068300.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार