Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय तह निर्वाचन: महिलालाई जिताउने गरी अघि बढ्यौँ- नैनसिंह महर


    शुक्रबार, चैत्र २५ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले संविधानमा व्यवस्था भएको समावेशीताको मर्मलाई निर्वाचनमा पनि दलीय गठवन्धनले आत्मसात गर्नुपर्ने बताएका छन् । 

    ‘स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन’ विषयक छलफलमा उनले संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा दलहरुले अनिवार्य रुपमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्थाको आशय प्रमुख र उपप्रमुखमा एक जना महिला जित्नु पर्ने भन्ने रहेको बताए । 

    ‘कुनै पनि गठबन्धनका नाममा महिलाको सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैन । पछिल्लो राजनीतिक परिवर्तनपश्चात संविधानले हरेक निकायमा समावेशिताको अवधारणा कार्यान्वयनको अपेक्षा गरेको छ । यो भनेको अनिवार्य कार्यान्वयन गर्ने भनेको हो,’ महरको भनाइ छ । 

    ५१ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति तथ्यांकले देखाएको भन्दै महरले बहुमत जनसंख्या भएको महिला वर्गलाई थप प्राथमिकता राखेर निर्वाचन परिचालन गर्नुपर्ने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार