Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पशुपति धर्मशालाभित्र प्रवेश गर्न खोज्ने सरकारी टोलीलाई बतास समूहले लगाइदियो गेट


    शुक्रबार, चैत्र २५ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बतास समूहले पशुपति धर्मशालामा प्रवेश गर्न लाग्दा सरकारी टोलीलाई गेटमै रोकेको छ । 

    धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएपछि सरकारी टोली गेट बाहिरै रोकिएका छन् ।

    बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न भनेपछि सरकारी प्रतिनिधिहरुले भने आफ्नो प्रपर्टी हेर्न पाउनु पर्ने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

    सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार