Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, चैत्र २५ २०७८
    480
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्री दर १२१ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ५३ पैसा र बिक्री दर १५९ रुपैयाँ ३२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९५ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६६ पैसा र बिक्री दर ९१ रुपैयाँ ११ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५४  पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ दुई पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ८० पैसा र बिक्री दर नाै रुपैयाँ ८५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ६ पैसा र बिक्री दर १९ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १८ पैसा र बिक्री दर ३३ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८८  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९४ पैसा र बिक्री दर नाै रुपैयाँ  ९९ पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार