काठमाडौं । चलचित्र ‘ए मेरो हजुर–४’बाट गायक दुर्गेश थापाको सिन हटाउने तयारीमा निर्माण पक्ष पुगेको बताइएको छ । पल शाहसँग जोडिएपछि विवादमा परेका उनको रोल हटाउने तयारी निर्माण पक्षको छ ।
नायक पल शाहका फ्यानले उनको आलोचना गरिरहेकाले चलचित्र रिलिज हुँदा त्यसको असर बक्सअफिसमा पर्नसक्ने निर्माण पक्षले आंकलन गरेको स्रोतको दाबी छ ।
“हामीले यस विषयमा निर्णय गरिसकेका छैनौं । तर, के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,” ए मेरो हजुर–४ का निर्माता सुनील कुमार थापाले भने, “प्रिमियर गरेपछि कस्तो प्रतिक्रिया आउँछ त्यसपछि निर्णयमा पुग्ने कि भन्ने पनि छ ।”
उनले गेष्ट अपिरियन्सका रूपमा मात्रै दुर्गेश रहेको बताए । चलचित्रमा उनको गायकको छोटो रोल रहेको छ ।
र्यापर जि–बबको पनि फिल्ममा गीत समावेश छ । आज उक्त गीत निर्माण पक्षले सार्वजनिक गर्दै छ ।